खेल

इङ्ल्यान्डको जित चाहना

सिड्नी– अस्ट्रेलियालाई एसेज शृंखला सुम्पिसके पनि इङ्ल्यान्ड बिहीबार (आज) बाट सुरु हुने पाँचांै तथा अन्तिम टेस्टमा जित हात पार्दै शृंखलाको सुखद अन्त्य गर्न चाहन्छ ।
अस्ट्रेलियाले सुरुआती तीन टेस्ट जित्दै शृंखला ३–० ले आफ्नो पक्षमा पारेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको अस्ट्रेलियाले दोस्रो खेल १ सय २० रन र तेस्रो खेल एक इनिङ र ४६ रनले जितेको थियो  ।
गत साता सम्पन्न चौथो टेस्टमा ओपनर एलेस्टर कुकको दोहोरो शतकमा इङ्ल्यान्डले शृंखलामा पहिलो जित हात पार्ने संकेत गरेको थियो । तर कप्तान स्टिभ स्मिथको शतकमा अस्ट्रेलियाले खेल बराबरीमा टुङ्याएपछि इङ्ल्यान्ड निराश बनेको थियो ।

 

प्रकाशित: २० पुस २०७४ ००:४३ बिहीबार

इङ्ल्यान्डको जित चाहना