खेल

‘म्यानचेस्टरलाई छिटो जित आवश्यक’

लन्डन– म्यानचेस्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्बाले इङ्लिस प्रिमियर लिगमा लगातार तीन बराबरीसँगै तेस्रो स्थानमा झरेपछि क्लबले छिटोभन्दा छिटो जितको लय भेट्टाउन आवश्यक भएको बताएका छन् ।

लेस्टर सिटी र बनर्लीसँग २–२ को बराबरी खेलेको युनाइटेड शनिबार सम्पन्न खेलमा साउथह्यामटनसँग गोलरहित बराबरीमा रोकिएको थियो । २१ खेलको समाप्तिमा ४४ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानमा म्यानचेस्टर सिटीभन्दा १५ अंक कम हो । 
लगातारको बराबरी नतिजापछि दबाबमा परेका युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो खेलाडीको चोट र प्रतिबन्धका कारण थप दबाबमा परेका छन् ।
लामो समयदेखि घुँडाको समस्याबाट जुधिरहेका स्ट्राइकर ज्लाटान इब्राहिमोभिच पुनः घाइते भएपछि एक महिना बाहिर बस्नेछन् । त्यस्तै अर्का स्ट्राइकर रोमेलु लुकाकु पनि घाइते छन् । लुकाकु साउथह्यामटनका वेस्ले होइटसँग टाउको जुध्दा घाइते भएका थिए । यता साउथह्यामटनका डुसान ताडिकलाई कुइनोले हानेको भन्दै एफएले एस्ले योङमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।
‘हामीले खेल गुमाएका छौनौ  तर हामीले सचेत भएर खेल्न आवश्यक छ,’ योङले भने,‘हामीले पुनरागमन गर्दै जितको लयलाई पुन भेट्टाउनु छ ।’

 

प्रकाशित: १८ पुस २०७४ ००:४८ मंगलबार

म्यानचेस्टरलाई छिटो जित आवश्यक