खेल

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ।  

इन्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ काँस्यपदक जितेको थियो।नेपालका लागि एरिका गुरुङले एक मात्र स्वर्ण दिलाएकी थिइन्।कार्यक्रममा १९औँ एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेतासमेत रहेकी एरिकालाई ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो।त्यस्तै रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार नगदसहित प्रशंसा पत्र पाए।

कास्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ,आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही  १० हजारसहति प्रशंसापत्र प्रदान गरियो।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, अर्गनाइजेसनका अध्यक्ष एवं आठौंँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, अर्गनाइजेसनका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले नगद, प्रशंसापत्र, खेल सामग्री र सहयोग रकम हस्तान्तरण गरे।

सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकद्वय कुशल श्रेष्ठ,छोरी मैया डङ्गोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो।

प्रकाशित: ८ मंसिर २०८० १५:५२ शुक्रबार

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित