खेल

एनएसएलको दोस्रो संस्करण आजदेखि,पहिलो खेल काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच हुँदै

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल आजदेखि सुरु हुँदैछ। अहिले साँझ ६ बजे देखि दशरथ रङ्गशालामा हुने  खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ९ टोली  छन।साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागी छैन।

यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन्।

सिङ्गल राउण्ड रोविनमा हुने लिगमा कूल ४० खेल हुनेछ।जसमा लिग चरणमा हरेक टोलीले एक आपसमा खेल्नेछन् । त्यसपछि प्लेअफमा चार खेल हुनेछ। जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

६ दिन दुई /दुई खेल हुनेछ। जसमा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ।दोस्रो  खेल साँझ साढे ५ बजे सुरु हुनेछ। दिउँसो जम्मा ६ खेल मात्र हुनेछ। बाँकी सबै खेल साँझ हुनेछ।

काठमाडौंको टोली :

प्रशिक्षक : बालगोपाल महर्जन, सहायक प्रशिक्षक : राकेश श्रेष्ठ, मिहिर सावन्त, गोलरक्षक प्रशिक्षक : मृगेन्द्र मिश्र

विदेशी खेलाडी : जोकिर उगली शोख्रुख मह्मुदोजिएभ, कोदिरजोन उगली तोजिदिनोभ (उज्बेकिस्तान), जुनियर एन्कुंगे, जुआन ओलिभर सिमो किन्गुए, आन्द्रेस निया (क्यामरुन)

हिसुब थपलिया, कुलदीप कार्की, जियारत शेख, राजीव लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खमिर गिल्सन, प्रशान्त अवस्थी, सुशील कुमार यादव, मौसम सुब्बा, दिपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, अन्जल श्रेष्ठ, गणेश हमाल, अमिन रावल, पेम्बा दोर्जे लामा, उज्ज्वल शाही

फिजियो : राजु दाहाल, व्यवस्थापक : मधुसुदन उपाध्याय

इलामको टोली :

प्रशिक्षक : मेघराज केसी, गोलरक्षक प्रशिक्षक : उज्ज्वल मानन्धर

विदेशी खेलाडी : अमाथ एनडाव, अब्दुलाए बा, इब्राहिम जिते (सेनेगल), फोडे कामारा (गिनी), ओमार थिएम, सुरज सिंह (भारत)

विकेश कुथु, समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सुरोज बस्नेत, आशिष चापागाई, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नविन लामा

व्यवस्थापक : उत्सव शाक्य, फिजियो : आरग्य खड्का

प्रकाशित: ८ मंसिर २०८० १२:०१ शुक्रबार

एनएसएलको दोस्रो संस्करण आजदेखि पहिलो खेल काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच हुँदै