खेल

उपाधि होडमा सुनसरी र मोरङ

पाँचथर– पाँचथरको फिदिममा जारी रुस्लान नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार  सुनसरी–११ र मोरङ–११ भिड्दैछन् । खेल फिदिम उच्च माविको खेल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ। 

दुवै टोलीका प्रशिक्षकले आजको खेल जित्ने दाबी गरेका छन्। फाइनल खेल निकै निक्कै प्रतिस्पर्धी र रोचक हुने आँकनल गरिएको छ। सुनसरीले प्रतियोगितमा ब्वाइज युनियन, एपिएफ र रुपन्देही ११ लाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने मोरङले त्रिभुवन आर्मी क्लव र विर्तामोड युनाइटेड क्लब झापालाई फाइनलमा स्थान पक्का गरेको हो। मोरङले बाइ पाएर अघिल्लो चरण प्रवेश गरेको थियो।

विष्णु सुनवारको नेतृत्वमा सुनसरी मैदानमा उत्रिदैछ। सुनसरीले तीर्थ बस्नेत, हेमन्त थापा मगर, निशान लिम्बु, सुजन याख्खा जस्ता खेलाडी लिएर मैदानमा उत्रिदैछ।

यता सुरेन्द्र खवासको नेतृत्वमा मोरङ मैदानमा उत्रिने छ। मोरङले सूर्य अधिकारी, विदुर रिजाल, मिन धिमाल र सन्तोष न्यौपाने जस्ता खेलाडीलाई लिएर मैदानमा उत्रिनेछ। 

प्रतियोगिता पुष ७ गते देखि सुरु भएको हो। विजेताले ३ लाख रुपैँया नगद र ट्रफी उचाल्नेछ। उपविजेताले २ लाख रुपैँया नगद र ट्रफिमा चित्त बुझाउनुपर्ने छ। विभिन्न विधाको पुरस्कार राखिएको छ। सर्वोकृष्ट खेलाडीले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छ। फिदिम स्पोटीङ क्लबले आयोजना गरेको प्रतियोगितामा दश टिमको सहभागिता रहेको थियो। 

 

प्रकाशित: १६ पुस २०७४ ०३:१३ आइतबार

उपाधि होडमा सुनसरी मोरङ