खेल

रेडियन्ट बास्केटबल आजदेखि

रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा ४८ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२-१२ टोली सहभागी हुनेछन्। सिनियरलाई ८ समूह तथा बाँकी २ टोलीलाई ४ समूहमा विभाजन गरी खेल खेलाइनेछ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रूपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले बताइन्।  सिनियर ब्वाइज र गर्ल्समा निम्स तथा जुनियर ब्वाइजमा युनिक डिफेन्डिङ च्याम्पियन हुन्।

तीनै टोलीको यो संस्करणमा सहभागिता छैन। पत्रकार सम्मेलनमा रेडियन्टका इसिए इन्चार्ज दिलीप कार्की र लेभल इन्चार्ज विनोद कार्कीले प्रतियोगिताका विविध पक्षबारे जानकारी गराए। मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेल स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ। पहिलो दिन १० खेल हुने रेडियन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जनले बताए। 

प्रकाशित: ७ मंसिर २०८० ०१:१७ बिहीबार

रेडियन्ट बास्केटबल बिहीबारदेखि रेडियन्ट पब्लिक बोर्डिङ स्कुल