खेल

अस्ट्रेलियालाई पहिलो झटका, ७ रन बनाएर आउट भए वार्नर

आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत जारी फाइनल खेलमा अस्ट्रेलियालाई पहिलो झड्का लागेको छ।

दोस्रो ‌ओभरको पहिलो बलमै भारतले अस्ट्रेलियाका ओपनर डेविड वार्नरको विकेट लिएको हो। उनको विकेट मोहम्मद सामीले लिएका हुन्। साममीले विराट कोहलीबाट क्याच आउट गराएका हुन्। वार्नर तीन बलमा सात रन बनाएर आउट भए।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको हो। उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए। साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए। साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुईरदुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए।

प्रकाशित: ३ मंसिर २०८० १३:१६ आइतबार