खेल

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

काठमाडौँ – खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ। 

खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ। 

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। प्रतियोगितामा ४० लिग खेल तथा चार क्वाटरफाइनल, दुई सेमिफाइनल र फाइनल हुनेछ। प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले रु १० हजार पाउनेछन्। 

प्रकाशित: ९ पुस २०७४ ०९:१४ आइतबार

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा