खेल

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई नेपालले ४५ रनले हरायो

चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई  ४५ रनले हराएको छ।  

हङकङमा आज सम्पन्न खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफमा जापानले निर्धारीत २० ओभरमा ७० रन बनाउँदा सबै विकेट गुमायो र खेल ४५ रनले हार्न पुग्यो ।  

यस अघि लिग चरणको खेलमा पनि नेपालले जापानलाई ६७ रनले हराएको थियो।

नेपालको पालीमा  सबैभन्दा बढि पुजा महतोले  ५१ बलमा ३ चौकासहित ४३ रन बनाइन ।त्यसैगरी रोमा थापाले २२ रन , रुबिना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन बनाए ।त्यसैगरी सिताराना मगर ५ रन बनाएर आउट भइन।काजल श्रेष्ठ ३ रन तथा अस्मीना कर्मचाय २ रनमा नट आउट रहे।  

बलिङतर्फ नेपालकी सिता रानामगर, कप्तान इन्दु बर्मा , संगिता राई, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए ।  

लिग चरणमा  नेपाल हङकङमा  र तान्जानिया दुवैसंग पराजित भएको थियो । तीन खेलमध्ये  तीनै खेल जितेर हङकङ पहिलो तथातान्जानिया तीन मध्ये दुई खेल जितेर फाइनलमा पुृगेका छन। नेपाल पहिलो खेलमा तान्जानियासित २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा हङकङले नेपाललाई ९ विकेटबाट हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले हरायो।आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्।

प्रकाशित: ३ मंसिर २०८० ०४:३८ आइतबार

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई नेपालले ४५ रनले हरायो