खेल

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापानबिच खेल जारी,नेपाल व्याटिङ गर्दैै

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानको लागि अहिले नेपाल र जापानबिच खेल भईरहेको छ।

हङकङमा भईरहेको यो खेलमा नेपालले  टस जितेर पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा नेपालले १० ओभरमा  २ विकेट गुमाएर ४७ रन बनाएको छ । नेपालकी सिता रानामगर ६ बलमा १ चौकासहित ५ रन बनाएर आउट भएकी छिन। त्यसैगरी कप्तान इन्दु बर्मा  २१ बलमा १ चौकासहित  १२ रन बनाएर आउट भइन।  

अहिले पुजा महतो र बिन्दु रावल क्रिजमा छन।महतो १२ रन तथा रावल  १३ रन बनाएर खेलिरहेका छन ।  

यस अघि हिजो लिग चराण्मा नेपालले जापानलाई ६७ रनले हराएको थियो। लिग चरण नेपाल हङकङमा  र तान्जानिया दुवैसंग पराजित भएको थियो । तीन खेलमध्ये  तीनै खेल जितेर हङकङ पहिलो तथातान्जानिया तीन मध्ये दुई खेल जितेर फाइनलमा पुृगेका छन । नेपाल पहिलो खेलमा तान्जानियासित २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा हङकङले नेपाललाई ९ विकेटबाट हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले हरायो।

आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्।

प्रकाशित: ३ मंसिर २०८० ०२:१२ आइतबार

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापानबिच खेल जारी नेपाल व्याटिङ गर्दैै