खेल

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालले बनायो ११३ रन

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ। नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हाे।

नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन्।काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन्।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन्।अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ।केहीबेर अघिसम्मको खेलमा जापानले आठ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६ रन बनाएको छ। बलिङतर्फ नेपालकी  पूजा महतो र अश्मिना कर्माचार्यले दुई दुई तथा सङ्गिता राईले एक विकेट लिएकी छिन् । 

प्रकाशित: २ मंसिर २०८० ०३:५३ शनिबार

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालले बनायो ११३ रन