खेल

इपिल : चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य

काठमाडौं— एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्ग्स इलाभेनलाई १४३ रनको लक्ष दिएको छ। काठमाडौंले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० अाेभरमा ७ विकेट गुमाउँदै चितवनले १४२ रन बनायो।

दीलिप नाथले पाँच चौका र एक छक्का प्रहार गर्दै ४६ रन जोड्दा चितवनले राम्रो स्कोर बनाउन सक्यो। योगेन्द्र कार्की र कमल सिंह ऐरीले क्रमशः २७ र १२ रन बनाए।

काठमाडौंका कप्तान फरविज महरुफले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए। एक विकेट लिएका सागर पुनले तीन क्याच लिएका थिए।

प्रकाशित: ६ पुस २०७४ ०९:३३ बिहीबार

इपिल चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य