खेल

इपीएलमा भैरहवाको रोमाञ्चक जित

काठमाडौं- अन्तिम बलमा कृष्ण कार्कीले चौका प्रहार गरेपछि भैरहवा ग्ल्याडियटर्सले बिहीबार एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललिपुर प्याट्रियर्समाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। जितका लागि भैरहवालाई अन्तिम दुई बलमा दुई रनको आवश्यकता थियो। पाँचौ बलमा रोहित पौडेल दोस्रो रन लिने क्रममा रनआउट भएपछि खेल थप रोमाञ्चक बनेको थियो। पौडेलले ११ बलमा ३३ रन बनाएका थिए।

त्यसपछि क्रिजमा आएका कार्कीले चौका प्रहार गर्दै भैरहवाको जित पक्का गरेको थियो। जारी प्रतियोगितामा भैरहवाको लगातार दोस्रो जित हो। 

भैरहवाका लागि पुनित विस्टले अर्धसतक प्रहार गरेका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ओ‌भरको खेलमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ललितपुरका लागि योगेश नगरले अर्धसतकीय पारी खेल्ने क्रममा सर्वाधिक ५४ रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ४२ र जयकिशन कोल्सवालीले १४ रन बनाए।

प्रकाशित: ६ पुस २०७४ ०५:०९ बिहीबार

इपीएलमा भैरहवाको रोमाञ्चक जित