आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको कमजोर सुरुवात भएको छ।
कोलकोत्ताको इडन गार्डेनमा दिउँसो २ः१५ बजे सुरु भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।दक्षिण अफ्रिाकाले ११ दशमलब ५ओभरभित्रै चार महत्वपूर्ण विकेट गुमाएको छ । चार विकेट गुमाउँदा दक्षिण अफ्रिकाले जम्मा २४ रन मात्र बनाउन सकेको छ।
दक्षिण अफ्रिाकाले पहिलो विकेट पहिलो ओभरमै गुमायो।दोस्रो विकेट ५ दशमलब ४ ओभरमा जम्मा ८ रन हुँदा गुमाएको हो।तीन विकेट गुमाउँदा दक्षिण अफ्रिकाले जम्मा २२ रन मात्र बनाउन सकेको छ।
दक्षिण अफ्रिकाले कप्तान तेम्बा बवूमालाई ० रनमा ,क्विंटन डिकॉकलाई ३ रनमा,रासी वान दर दुसें ६ रनमा तथा एडन मारक्रम १० रनमा गुमाएको हो।अष्ट्रेलियाका लागि मिचेल स्टार्क २ विकेट तथा जॉश हेज़लवुडले २ विकेट लिए । ताजास्थीतीमा दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ।
दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ मा जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
यस्तै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ। उसले पनि जारी प्रतियोगितामा ९ मध्ये ७ मा जित हात पारेको छ।
पछिल्लो इतिहास हेर्दा दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन्। जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ भने अष्ट्रेलिया ५० खेलमा विजयी बनेको छ। तीन खेल बराबरी र एक खेल नतिजाविहीन छ।
दक्षिण अफ्रिकाले हालसम्म विश्वकप क्रिकेटको उपाधि जितेको छैन। त्यसकारण उसको लागि आजको खेलमा जित हात पार्दै विश्वकप जित्ने राम्रो मौका पनि हो। जबकी अस्ट्रेलिया पनि आजको खेलमा जित हात पार्दै विश्वकपको उपाधिका लागि स्थान सुरक्षित गर्न चाहन्छ।
आजको खेलमा जित्ने टोलीले उपाधिका लागि फाइनलमा भारतसँग खेल्ने छ। भारतले पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रकाशित: ३० कार्तिक २०८० ०९:४१ बिहीबार