खेल

विश्वकप क्रिकेट: न्युजिल्याण्डविरुद्ध भारतले ३९७ रन बनायो

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध आयोजक भारतले विराट कोहली र श्रेयस अय्यरको सतकसंगै ३९७ रन बनाएको छ।

भारतले न्युजिल्यण्डविरुद्ध टस जितेर पहिला व्याटिङ गर्दै  निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर  ३९७ रन बनाएको हो।

विराट कोहलीले  १०६ बलमा  ९चौका  र १ छक्कासंगै सतक  पुरा गरेका हुन । कोहली ११७ रन बनाएर आउट भए।त्यसैगरी श्रेयस अय्यरले ६८ बलमा  ३ चौका र ९ छक्कासहित १०१ रन बनाए । अय्यर १०५ रन बनाएर आउट भए।  

मुम्बईको वानखडे क्रिकेट मैदानमा दिउँसो  २ :१५ बजेदेखि सुरु भएको खेलमा भारतले न्युजिल्याडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो।भारतका सुरुवाती व्याटर कप्तान रोहित  ८ दशमलब २ ओभरमा निजि ४७ रन बनाए आउट भए। शुभमन गिल  ७९ रन बनाएर रिटायर्ड हर्ट हुँदै बाहिरीएका छन।केएल रावल ३९ रनमा तथा सुर्य कुमार यादव १ रनमा 

नट आउट रहे।

भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा 

अहिलेसम्म ९ पटक खेल भएको छ।५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ।

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।

प्रकाशित: २९ कार्तिक २०८० १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App