खेल

नवौं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

फिदिम- पाँचथरको फिदिममा पुस ७ गतेबाट सुरु हुने रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिता फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रिय टोली, मोफसलका उत्कृष्ठ टोली र एउटा बिदेशी टोलीको समेत सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ गते सुनसरी ११ र डिभाइन ब्वाइज युनियन क्लब काठमाडौं भिड्नेछन्। त्यस्तै पुस ८ गते बिर्तामोड युनाइटेड झापा र मिसन युनाइटेड क्लव ताप्लेजुङ, पुस ९ गते एपिएफ काठमाडौं र पुस ७ गतेको विजेता टोलीबीच खेल हुनेछ।

त्यस्तै पुस १० गते आयोजक फिदिम स्पोर्टिङ क्लबले पुस ८ गतेको विजेता टोलीसँग खेल्नेछ। एपिएफ काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लव वाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। यता पुस ११ गते युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङ भारत र अग्नि रुपन्देही ११ र पुस १२ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुस १३ र १४ गते सेमिफाइनल खेल र पुस १६ गते फाइनल खेल हुनेछ। नेपालका १६ औं राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतीमा प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगितालाई फिदिम स्पोर्टिङ क्लब पाँचथरले आयोजनामा गर्ने गरेको छ।

यसपल्टको ९ औं संस्करणलाई रुस्लान भोडकाले मुख्य प्रायोजन गरेको छ। प्रतियोगिताको विजेतालाई नगद ३ लाख र उपविजेतालाई २ लाखसहित ट्रफी र मेडल प्रदान गर्नुका साथै सबै विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले बताए। 

 

प्रकाशित: ४ पुस २०७४ ०४:३८ मंगलबार

नवौं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक