खेल

इपिएलमा चितवन-पोखरा र ललितपुर-बिराटनगर भिड्दै

कठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्र। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ। चितवन टाइगर्सको कप्तानमा दिपेन्द्र सिंह ऐरी र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन्। 

चितवन टाइगर्सको अन्य खेलाडीमा कमल सिंह ऐरी, शाहब आलम, ललित भण्डारी, सुनम गौतम, योगेन्द्र कार्की, गौतम केशी, अनिल मण्डल, दिलीप नाथ, भीम सार्की, सन्दिप सुनार, आकाश थापा, प्रविन गुप्ता, सावेज खान र प्रमेश कुमारलगायत खेलाडी छन् भने पोखरा राइनोजमा विनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, विपिन खत्री, राजेश पुलामी, किशोर महतो, नुरुध्वज सेन, विक्रम सोब, ताज वाली, आशिफ अलि र इसरुल्लाह लगायत खेलाडी छन्। आजको खेल जित्दै लिगमा महत्वपूर्ण २ अंक बटुल्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रदैछन्।

त्यस्तै आजको दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र बिराटनगर वारियर्स भिड्दैछन्। खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ। ललितपुर प्याट्रियट्सको कप्तानमा ज्ञानेन्द्र मल्ल र बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का छन्। हिजो भएको आफ्नो पहिलो खेलमा बिजयी हुदै महत्वपूर्ण २ अंक जोडेको ललितपुरले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यता बिराटनगरले भने आज पहिलो खेल खेल्दैछ। 

ललितपुर प्याट्रियट्सको अन्य खेलमा मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकर राना, पवन शर्राफ, राजबिर सिंह, सोनु तामाङ, प्रतिस जिसी, रित गौतम, योगेस नागर र सुबोध भाटीलगायका खेलाडी छन् भने बिराटनगर वारियर्समा आकाश विष्ट, रामनरेश गिरी, अभिनास कर्ण, करण केशी, प्रनित थापामगर, सुमित महर्जन, वसन्त रेग्मी, अनिल साह, आशिफ शेख, पुष्प थापा, बाबर हायत र अंशुमन रथ जस्ता खेलाडीले आज खेल्दैछन्। 

 

प्रकाशित: ४ पुस २०७४ ०२:५३ मंगलबार

इपिएलमा चितवन-पोखरा ललितपुर-बिराटनगर भिड्दै