काठमाडौ–एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई सात विकेटले हराउँदै ललितपुर प्याट्रियट्स विजयी भएको छ ।
किर्तीपुर क्रिकेट मैदानमा सोमवार सम्पन्न खेलमा ललितपुर प्याट्रियट्सले ९० रनको विजयी लक्ष्य ३ विकेटको क्षतिमा १६ दशमलव ४ ओभरमा पुरा गर्यो । यसअघि टस हारेर पहिले व्यटिङ गरेको सोमपाल कामी नेतृत्वको काठमाडौं किंग्स इलेभेनले १९ ओभर खेल्दै ८९ रन बनाएको थियो ।
ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर प्याट्रियट्सका लागि जयकिशन कोल्सावालाले अविजित ४४ रनको योगदान गरि टिमलाई विजयी गराए ।
प्रकाशित: ३ पुस २०७४ ०९:२३ सोमबार