खेल

क्लब विश्वकपको उपाधि रियललाई

अबुधाबी- क्रिष्टियानो रोनाल्डोको निर्णयक गोलको मद्धतमा रियल मड्रिडले तेस्रोपटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शनिबार राति दुबईको अबुधाबीमा भएको फाइनलमा ब्राजिलियन क्लब ग्रिमिओलाई स्पेनिस क्लब रियल मड्रिडले १–० ले पराजित गरेको हो। रियलको जितमा खेलको ५३ औं मिनेटमा फ्रि–किक मार्फत रोनाल्डोले गोल गरेका थिए। 

योसँगै रियल लगातार दोस्रोपटक क्लब विश्वकपको उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ। यसअघि रियलले यो उपाधि सन् २०१४ र २०१६ मा जितेको थियो। जितसँगै रियलले बार्सिलोनासँगको किर्तिमान बराबरी गरेको छ। बार्सिलोनाले पनि क्लब विश्वकपको उपाधि ३ पल्ट जितेको छ। यो सँगै रियलले यो वर्ष ५ वटा उपाधि उचालेको छ। 

 

प्रकाशित: २ पुस २०७४ ०४:०१ आइतबार

क्लब विश्वकपको उपाधि रियललाई