खेल

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।  

अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने छ।  

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले हालसम्म ८ खेल खेलेको छ। जसमा ६ मा जित हात पारेको छ। समान ८ खेल खेलेको श्रीलङ्काले भने जम्मा २ मा जित हात पार्न सकेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०६:५६ बिहीबार

आइसीसी विश्वकप क्रिकेट न्युजिल्यान्ड श्रीलङ्का बैङ्गलोर एम चिन्नास्वामी क्रिकेट स्टेडियम