खेल

ललितपुर पेट्रियट्सको अन्तिम टोली घोषणा

काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्लब ललितपुर पेट्रियट्सले बुधबार तीन विदेशी खेलाडीसहित प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा गरेको छ।

पेट्रियट्सले अलराउन्डर सुबोधकुमार भाटी, योगेश नगर र विकेटकिपर जयकिसन अनसल कुमार क्वल्स्वा गरी तीन भारतीय खेलाडीलाई अनुबन्धित गरेको हो। तीन जनामध्ये योगेशसँग भारतीय प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेको अनुभव छ।

टोलीले यसअघि नै मार्की खेलाडी ज्ञानेन्द्र मल्ललाई कप्तानको रूपमा घोषणा गरिसकेको छ। त्यस्तै प्रतिभा खोजबाट छानिएका प्रतीश जिसी, सुमित झा, रित गौतम र विपिन आचार्यमध्ये एक जनाको नाम प्रतियोगिताको अघिल्लो दिन घोषणा गरिने बताइएको छ।

टोलीका अन्य सदस्यमा सन्दीप लामिछाने,  मेहबुब आलम, ललित राजभण्डारी, शेखर राना, कुशल भुर्तेल, राजवीर सिंह, पवन सर्राफ, सोनु तामाङ, रासिद खान, सन्देश जोरा छन्।

पेट्रियट्ससहित ६ टोलीको सहभागिता भएको इपिएल डिसेम्बर १८ बाट कीर्तिपुरस्थत त्रिवि मैदानमा सुरु हुनेछ।

प्रकाशित: २७ मंसिर २०७४ १३:२४ बुधबार

ललितपुर पेट्रियट्सको अन्तिम टोली घोषणा