खेल

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) को सोमबारको बैठकले नेपाली महिला टोलीलाई हङकङमा चार देशीय ट्वान्टी–२० शृंखला खेल्न पठाउने निर्णय गरेको हो। शृंखला कात्तिक २९ देखि मंसिर तीन गतेसम्म हुनेछ।  

सन् २०२४ को वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली टोलीलाई ५० लाख रूपैयाँ दिने पनि क्यानले घोषणा गरेको छ।

बैठकले एसिसी यु–१९ प्रिमियर कप जित्दै यु–१९ एसिया कपका लागि छनोट भएको युवा टोलीका सदस्यलाई पनि जनही ५० हजार दिने निर्णय गरेको छ। 

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत जाजरकोट भूकम्पपीडितका लागि दिने निर्णय पनि बोर्ड बैठकले पास गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८० ०१:१० मंगलबार

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङ चार देश सम्मिलित ट्वान्टी–२० शृंखला नेपाल क्रिकेट संघ