खेल

नेपालविरुद्ध ओमानलाई छैटौं सफलता

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले छैटौं सफलता हासिल गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा ओमानले नेपालको छैटौं विकेट झारेको छ।

नेपालका विवेक यादव १ रनमै आउट भएका हुन्। उनलाई ओमानका बिलाल खानले आउट गरेका छन्।

यसअघि नेपालका कुशल भुर्तेल, कुशल मल्ल, आशिफ शेख, गुलशन झा र सन्दिप जोरा आउट भइसकेका छन्। 

प्रकाशित: १९ कार्तिक २०८० ०६:४७ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट फाइनल खेल ओमान