खेल

नेपालका ओपनर ब्याट्सम्यान भुर्तेल ३१ रन बनाएर आउट

तस्बिर सौजन्यः नेपाल क्रिकेट संघ (क्यान)

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले तेसो केट गुमाएको छ। टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।  

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशललाई ओमानका अकिब इलियासको बलमा मेहरान खानले क्याच आउट गरेका हुन्।

कुशल २२ बलमा ३१ रन बनाएर आउट भएका हुन्। यसअघि नेपालका आशिफ शेख ६ र सन्दिप जोरा १० रन बनाएर आउट भएका छन्।

प्रकाशित: १९ कार्तिक २०८० ०५:५४ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट कुशल भुर्तेल