खेल

आइसीसी विश्वकप क्रिकेटः शीर्ष दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। कोलकोत्ताको इडन गार्डेनमा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।  

जारी लिगमा सानदान प्रदर्शन गर्दै आएको दुबै टोलीबीचको आज  हुने प्रतिस्पर्धा निकै रोमाञ्चक मानिएको छ।  

रोहित शर्माको कप्तानीमा रहेको भारतले हालसम्म जारी प्रतियोगितामा ७ खेल खेलेको छ। ७ वटैमा जित हात पार्दै भारत अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले पनि समान ७ खेल नै खेलेको छ। तर, ऊ १ खेलमा पराजित हुँदै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।  

प्रकाशित: १९ कार्तिक २०८० ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App