खेल

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्। खेल बिहान ११ बजेबाट सुरु हुनेछ।  

आजको खेलमा जित हात पार्दै नेपालले ओमानसँग व्योहोरेको हारको बदला लिन चाहन्छ। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो। 

हुन त आजको खेलमा हारजित जे भएपनि नेपाल र ओमान दुबै टोली सन् २०२४ मा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा खेल्ने छ।

प्रकाशित: १९ कार्तिक २०८० ०२:४४ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल त्रिवि क्रिकेट मैदान