खेल

बिहान उठ्ने बित्तिकै जितको प्रार्थना गरेको थिएः कप्तान रोहित

नेपाली टोलीका कप्तान रोहित पौडेलले आज बिहान उठ्ने बित्तिकै आफूले जितको प्रार्थना गरेको बताएका छन्। 

आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि शुक्रबार  सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले बिहान उठ्ने बित्तिकै आफूले जितको प्रार्थना गरेको बताएका हुन्।

पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन्।

विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १२:११ शुक्रबार

कप्तान रोहित पौडेल