खेल

दोस्रो इनिङको खेल जारी, नेपालको सय रन पूरा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले सय रन पूरा गरेको छ।  

१३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले हालसम्मको अवस्थामा २ विकेटको क्षतिमा सय रन पूरा गरेको हो। हालसम्म १६ ओभरको खेल सकिँदा नेपाल २ विकेटको क्षतिमा १२० रन बनाएर खेलिरहेको छ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र ओपनर ब्याट्सम्यान आशिफ शेख यतिबेला मैदानमा ब्याटिङ गरिरहेका छन्। आशिफले आफ्नो अर्धशतक पूरा गरेर खेलिरहेका छन् भने कप्तान पौडेल २७ रन बनाएर ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालका कुशल भुर्तेल ८ बलमा ११ रन बनाएर आउट भएका थिए भने गुलशन झा २४ बलमा २२ रन बनाएर आउट भएका छन्।

प्रकाशित: १७ कार्तिक २०८० ०८:१७ शुक्रबार

आइसीसी ट्वान्टी–२० क्रिकेट सेमिफाइनल दोस्रो इनिङ