खेल

युएईले ९४ रनमा गुमायो चौथो विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले चौथो विकेट गुमाएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा युएईका अलिशान सराफु आउट भएका छन्। उनलाई नेपालका कुशल मल्लको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन्।  अलिशान १४ बलमा १६ रन बनाएर पबेलियन फर्केका छन्।

युएईले १५ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ९४ रन बनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०६:२८ शुक्रबार

आइसीसी ट्वान्टी–२०