खेल

महिला खेलाडी छनोट

काठमाडौं- बंगलादेशमा हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रतियोगिताका लागि २० खेलाडीसहितको टोली घोषणा गरेको छ ।

डिसेम्बर १७ देखि २४ सम्म हुने प्रतियोगिताका लागि करिना दाहाल, बितिसा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, सुष्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, प्रीति राई, अस्मिता चौधरी, मुना मगर, निकिता थोकर, सविता रानामगर, सुष्मा जिटी, अन्जली चन्द, अस्मिता रनपाल, निकिता धिमाल, सुप्रिया रजक, रिया बानु र अस्मिता गुरुङले नेपाली टोलीमा स्थानमा बनाएका छन् ।
प्रतियोगिताका लागि एन्फाले गगा गुरुङलाई मुख्य प्रशिक्षक, पारस चौधरी र विनोद महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
नेपाल प्रतियोगिताको साबिक उपविजेता टोली हो । गत वर्ष काठमाडौंमा भएको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो ।

प्रकाशित: १९ मंसिर २०७४ ०३:३१ मंगलबार

महिला खेलाडी छनोट