खेल

युएईविरुद्ध नेपाललाई पहिलो सफलता, युएईका कप्तान सोमपालको बलमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस हारेर युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो सफलता हासिल गरेको हो।

नेपालका सोमपाल कामीले युएईका कप्तान मोहम्मद वशिमलाई आउट गरेका छन्। वशिम १७ बलमा २७ रन बनाएर आउट भएका हुन्।

प्रकाशित: १७ कार्तिक २०८० ०५:३५ शुक्रबार

आइसीसी ट्वान्टी–२० क्रिकेट