खेल

बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान

कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ बिश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया तर्फ प्रस्थान गर्नेभएका छन्।

नोभेम्बर २ देखि १० तारिख सम्म आयोजना हुने कोर्समा नेपालका तर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आस नारायण चौधरीले सहभागीता जनाउन लागेको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए।महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन्।

कोरिया जाने प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बिहिबार विदाई गरे । विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको उपस्थिती रहेको थियो।

छोटो समयमानै अन्तर्राष्ट्रिय खेल मञ्चमा आफ्नो उपस्थितीलाई पुष्टि गर्दै पदक हासिल गर्न सफल यस खेलले उच्च स्तरको प्रशिक्षक उत्पादनका साथ अझै राम्रा र स्तरिय खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने महासचिव सुनुवारले बताए।प्रशिक्षकहरु आजै राती कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: १६ कार्तिक २०८० १६:०९ बिहीबार

बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान