खेल

नेपालका कप्तान पौडेल १२ रन बनाएर फर्के पबेलियन

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका छन्।  

ओमानका अकिश इलियासले पौडेललाई १२ रनमा आउट गरेका हुन्। योसँगै नेपालले आफ्नो ४ औं विकेट गुमाएको छ।  रोहितले १२ बलमा १२ रन बनाएका हुन्। 

१४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपाललाई अब जितका लागि ८९ रनको आवश्यकता छ।

प्रकाशित: १६ कार्तिक २०८० ०५:४९ बिहीबार

आइसीसी ट्वान्टी–२०