खेल

नेपालले गुमायो पहिलो विकेट, आशिफ ५ रनमै आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका आशिफ शेख ५ रनमै आउट भएका छन्।

ओमानले दिएको १४६ रनको लक्ष्यसहित ओपनर ब्याट्सम्यानको रुपमा मैदान उत्रेका आशिफले ८ बलमा ५ रन बनाए। उनलाई ओमानका बिलाल खानले आउट गरेका छन्।  

प्रकाशित: १६ कार्तिक २०८० ०५:२३ बिहीबार

आइसीसी ट्वान्टी–२० क्रिकेट