खेल

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः ओमानले गुमायो ८ औँ विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ८ औँ सफलता हासिल गरेको छ।  

नेपालले आफ्नो ८ औँ सफलताको रुपमा ओमानका नशिम खुशीलाई आउट गरेको हो।

नेपालका अविनाश बोहराको बलमा सन्दिप लामिछानेले उनलाई आउट गरेका हुन्। नशिम १४ बलमा २५ रन बनाएर पबेलियन फर्केका छन्।

हालसम्मको अवस्थामा १९ ओभरको खेल सकिँदा ओमानले ८ विकेट गुमाएर १२८ रन बनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०४:४८ बिहीबार

क्रिकेट विश्वकप छनोट