खेल

ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले दोस्रो सफलता हासिल गरेको छ। ओमानविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको दोस्रो विकेट झारेको हो।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका अकिब इलियासलाई आउट गरेको छ। नेपालका सोमपाल कामीले उनलाई २ रनमा आउट गरेका हुन्।  

हालसम्मको अवस्थामा ओमानले २ विकेट गुमाएर चौथो ओभरको खेलसकिँदा २५ रन बनाएको छ।  

प्रकाशित: १६ कार्तिक २०८० ०३:३८ बिहीबार

आइसीसी ट्वान्टी–२० क्रिकेट