खेल

कात्तिक तेस्रो साता ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता

बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ। संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो। म्याटमा खेलाईने प्रतियोगिता लिगकम नकाउटमा सञ्चालन हुने बाग्लुङ क्रिकेट संघले जनाएको छ।  

‘संघ गठनपछि पहिलो प्रतियोगिता हो। यस भन्दा अघि क्लबस्तरीय प्रतियोगिता आयोजना भने गरिरहेका थियौं,’ बाग्लुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले भने–‘अहिले प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा जुटेका हौं।’ प्रतियोगितलाई गण्डकी प्रादेशिक क्रिकेट संघले स्वीकृति प्रदान गरिसकेको छ। प्रतियोगिताको आवश्यक तयारीलाई अन्तिम चरणमा पुगेको छ।  

प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा, पर्वत, बाग्लुङ र नवलपुर गरी ६ जिल्लाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक दिन दुई खेल खेलाउने निर्णय आयोजक बाग्लुङ क्रिकेट संघले गरेको छ। प्रतियोगिता विजेताले उपाधिसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ। उपविजेता टोलीले नगद ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ।  

म्यान अफ दि सिरिजले नगद पुरस्कार १० हजार प्राप्त गर्ने छ। त्यसैगरी बेष्ट बलर र बेष्ट व्याटरले नगद ५÷५ हजार रुपैयाँ पाउने छन्। म्यान अफ दि म्याच क्रिकेटरले नगद १ हजाा रुपैयाँ पाउने छन्। संघले क्रिकेट मैदानको लागि आवश्यक अध्ययन समेत गरिरहेको जनाएको छ।  

प्रकाशित: १३ कार्तिक २०८० ११:३४ सोमबार

‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता