खेल

आइसीसी विश्वकप क्रिकेटः अफगानिस्तानले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय

फाइल तस्बिर

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। अबको केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तान र श्रीलङ्का भिड्दैछन्।

पुणेमा हुने खेलमा दुबै टोली जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ।  

जारी प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तान दुबैले समान ५/५ खेल खेलेको छ। दुबै टोलीले समान २/२ खेलमा जित हात पारेको छ। तर, श्रीलङ्का रनरेटको आधारमा पाँचौ स्थानमा छ भने अफगानिस्तान पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०८:१६ सोमबार

आइसीसी विश्वकप क्रिकेट