आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सय रन पूरा गरेको छ।
सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले ११ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा १०१ रन बनाएको छ। अब नेपाललाई जितका लागि ४५ रनको आवश्यकता छ।
प्रकाशित: १३ कार्तिक २०८० ०६:०१ सोमबार