खेल

नेपालविरुद्ध सिङ्गापुरलाई पहिलो सफलता, आशिफ २७ रनमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालविरुद्ध सिङ्गापुरले पहिलो सफलता हासिल गरेको छ।

सिङ्गापुरले नेपालका आशिफ शेखलाई २७ रनमा आउट गरेको छ। सिङ्गापुरका अक्षय पुरीले आशिफलाई आउट गरेका हुन्।  

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाललाई जितका लागि ५२ रनको आवश्यकता छ। १० ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षतिमा ९४ रन बनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०५:५४ सोमबार

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप