खेल

भोलि देखि टि२० विश्वकप छनोट,नेपालको सम्भावना वलियो

टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल भोलिसोमबार देखी नेपालमा  हुँदैछ।मुलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिता भोलि कार्तिक १३ देखी कार्तिक १९ सम्म हुनेछ । यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  

समूह ए मा आयोजक नेपालसंगै मलेसिया, सिंगापुर र ओमान मा छन् । समूह ए का सबै खेल  किर्तिपुर क्रिकेट मैदानमा हुनेछन्।  

समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन्।समूह बी का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

समूह ए  र समूह बीबाट शीर्ष दुई  दुई टोली सेमिफाइनल पुग्नेछन् ।  फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

नेपालले अहिलेसम्म  एक पटक मात्रै विश्वकप खेलेको छ। नेपालले सन् २०१४ मा बंगलादेशमा टि२० विश्वकप पहिलो पटक खेलेको थियो । नेपाललाई घरेलु मैदानमा पुन टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर रहेको खेल विश्लेषकको भनाईछ ।  

विश्वकप छनोटमा नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले विश्वकपमा स्थान बनाउने धेरै सम्भावना रहेको नेपालका प्रशिक्षक मोन्टी देसाईको भनाईछ । ८ टोलीमा नेपाल  टि२० आई वरियतामा अग्रस्थानमा रहेको छ। नेपाल  वरियतामा १६ औं, युएई १७ औं र ओमान २० औं स्थानमा छन्।

मोन्टी देसाईले नेपाली टोलीलाई सम्हाले देखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएकोले नेपाल  छनौट हुने वलियो सम्भावना रहेको प्रशिक्षक देसाइ बताउँछन । चिनमा भर्खरै सम्पन्न एसियन गेम र एसिया कप क्रिकेटमा भारतसहित टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेका नेपालको मनोबल उच्च छ।  

विश्वकप छनोट खेल्ने सबै आठ टोलीमा रहेका खेलाडीहरु  यस प्रकार छन्।

नेपालको टोली 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

मलेसिया टोली 

अहमद फैज मोहम्मद नुर, विरनदीप सिंह, सैद अजिज, विजय उन्नी, मोहम्मद आमिर, रिजवान हैदर, खिजार हया, हफिज यातिम, पवनदीप सिंह, अहमद जुबैदीन जुल्किफी, स्याजरुल इजात इद्रुस, हैकल मोहम्मद खैर, शर्विन मुनाीआन्डी, मोहम्मद रिड्जुन र मोहम्मद फ्रिटी शाम।

सिंगापुर टोली 

अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।

ओमान टोली 

जिशान मकसुदर, अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतिक अथावले, सन्दीप गौड र सिद्धार्थ प्रसाद।

हङकङको टोली

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

कुवेत टोली 

मोहम्मद अस्लाम (कप्तान), अली जाहिर, उस्मानघानी इब्राहिम, बिलाल ताहिर, यासिन पटेल, राविजा सन्दारुवान, मित भावसर, शरिज खान, परविन्दर कुमार, मिराज अहमद, सैद मुनिब, निमिश लातिफ, क्लिन्टो वेलुक्वारा एन्टो, मोहम्मद शफिक र इलायस अहमद।

युएई टोली 

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द।

बहराइन टोली

उमेर इम्तियाज (कप्तान), अब्दुल मजिद अब्बासी, इमरान अली बट, सोहिल अहमेद, हैदर अली, इमरान जावेद अनवार, जुनैद अजिज, रिजवान बट, अली दाउद, अहमेर बिन नासिर, शरफराज अली, यासिर नजिर, सथैया विरपाथिरान, सचिन कुमार र साई सार्थक।

प्रकाशित: १२ कार्तिक २०८० १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App