विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पराजित गरेको छ।
दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।
भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा दक्षिण अफ्रिकाले ४७ दशमलब २ ओभरमा ९ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि सबैभन्दा एडन मारक्रमले ९१ रन बनाए । त्यसैगरी डेविड मिलरले २९ रन ,कप्तान तेम्बा बवूमाले २८ रन तथा क्विंटन डिकॉक २४ रन बनाए ।
पाकिस्तानका लागि शाहीन शाह अफ़रीदी ३ विकेट तथा हारिस रउफ़,मोहम्मद वसीम र उसामा मीरले दुई दुई विकेट लिए।
पाकिस्तानको पालीमा सबैभन्दा वढि सऊद शकील ५२ रन बनाए । त्यसैगरी कप्तान बाबर आजमले ५० रनको योगदान दिए । मोहम्मद रिज़वान ३१ रनमा, शादाब ख़ान ४३ रनमा , मोहम्मद नवाज़ २५ रनमा आउट भए।
दक्षिण अफ्रिकाका लागि तबरेज़ शम्सीले ४ विकेट,मार्को यानसनले ३ विकेट,जेराल्ड कट्ज़ीले २ विकेट तथा लुंगिसानी एनगिडीले १ विकेट लिए।
यो जितसंगै दक्षिण अफ्रिका ६ खेलमा ५ जितसंगै १० अंकका साथ तालिकाको पहिलो स्थानमा पुगेको छ । ५ खेलमा ५ खेलै जितेर १० अंक पाए पनि आयोजक भारत रन रेटका आधारमा दोश्रो स्थानमा रहेको छ । पाकिस्तान ६ खेलमा २ जित र ४ हारसंगै ४ अंकका साथ तालिकाको छैठौ स्थानमा रहेको छ।
प्रकाशित: १० कार्तिक २०८० १७:२० शुक्रबार