खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट झार्यो

विश्वकप क्रिकेट अन्तर्गत अहिले पाकिस्तान र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भइरहेको खेलमा  पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।  

दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ।पाकिस्तानले तेस्रो विकेटको रुपमा मोहम्मद रिज़वानलाई ३१ रनमा गुमाउन पुगेको हो । पाकिस्तानले तेस्रो विकेट १५ दशमलब  ५ ओभरमा  ८६ रन बनाउँदा गुमाएको हो । ताजास्थीतीमा पाकिस्तानले १७ ओभरमा ३ विकेट गुमार्एर  ८८ रन बनाएको छ।  

पाकिस्तानका अब्दुल्लाह शफ़ीक़ ९ रनमा तथा इमाम(उल(हक़ १२ रन बनाएर आउट भए। दुवै व्याटरलाई  दक्षिण अफ्रिकाका मार्को यानसनले आउट गरेका हुन।  

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आजको खेलमा जित हात पार्दै अङ्क तालिकामा माथि उक्लन चाहन्छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिका आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लन चाहन्छ।  

जारी लिगमा दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्दै आएको छ भने पाकिस्तानले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।  

दुबै टोलीले समान ५ खेल खेलेको छ। दक्षिण अफ्रिकाले ५ खेलमा ४ मा जित हात पारेको छ भने पाकिस्तानले २ खेलमा मात्रै जित हात पारेको छ।

प्रकाशित: १० कार्तिक २०८० ०९:५० शुक्रबार

विश्वकप क्रिकेटः पाकिस्तान र दक्षिण अफ्रिकाबिच खेल जारी पाकिस्तानको तेस्रो विकेट झर्यो