खेल

आइसीसी विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्ने पाकिस्तानको निर्णय

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र दक्षिण अफ्रिकाबीचको खेल अबको केहीबेरमा सुरु हुँदैछ।  

एमए चिदम्बरम् क्रिकेट स्टेडियममा हुने आजको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।  

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आजको खेलमा जित हात पार्दै अङ्क तालिकामा माथि उक्लन चाहन्छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिका आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लन चाहन्छ।  

जारी लिगमा दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्दै आएको छ भने पाकिस्तानले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।  

हालसम्म दुबै टोलीले समान ५ खेल खेलेको छ। दक्षिण अफ्रिकाले ५ खेलमा ४ मा जित हात पारेको छ भने पाकिस्तानले २ खेलमा मात्रै जित हात पारेको छ।

प्रकाशित: १० कार्तिक २०८० ०८:०९ शुक्रबार

आइसीसी विश्वकप क्रिकेट