खेल

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजः नेपालले गुमायो पहिलो विकेट

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाएको हो। युएईका लागि आयान अफजल खानले पहिलो विकेट लिएका हुन्। आशिफ ७ रन बनाएर आउट भएका हुन्।

६ ओभरको खेल सकिँदा नेपालले हाफ सेञ्चुरी पुरा गरेको छ। हालसम्मको अवस्थामा नेपालले १ विकेटको क्षतिमा ६१ रन बनाएको छ।

प्रकाशित: १० कार्तिक २०८० ०५:४६ शुक्रबार

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिज