खेल

जनकपुरको बेलामा एकजना युवकको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान सुरु

जनकपुरधाममा एकजना युवकको शव भेटेको छ। आज बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक युवकको पहिचान भने अझै खुल्न सकेको छैन।  

घटना स्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर अनुसन्धान सुरु गरेको धनुषा प्रहरीका प्रवक्ता रञ्जन अवालेले जानकारी दिए।  

उनका अनुसार मृतक युवकको मुखबाट रगत निस्किएको र घटनास्थलको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएको छ।

घटना राति नै भएको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले प्रहरी टोली घटना स्थलमा मुचुल्का उठाइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ९ कार्तिक २०८० ०५:४८ बिहीबार

जनकपुरधाम युवकको शव जनकपुरधाम उपमहानगरपालिका