खेल

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्ने

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल हुँदैछ। बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।  

साविक विजेता इङ्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा श्रीलङ्का कुशल मेन्डिसको कप्तानीमा मैदान उत्रने छ।  

साविक विजेता इङ्ल्यान्डले जारी सिजनको खेलमा खासै राम्रो प्रदर्शन गरेको छैन। हालसम्म ४ खेल खेलेको इङ्ल्यान्डले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले पनि जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको श्रीलङ्काले १ मा मात्रै जित हात पारेको छ। तर, रनरेटको आधारमा भने श्रीलङ्का अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८० ०३:३९ बिहीबार

आइसीसी विश्वकप क्रिकेट श्रीलङ्का इङ्ल्यान्ड