खेल

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। फिरोज शाह कोटला मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।  

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै आफ्नो अङ्क तालिकामा स्थान सुधार्न चाहन्छ। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।

यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ८ कार्तिक २०८० ०६:४१ बुधबार

आइसीसी विश्वकप क्रिकेट अस्ट्रेलिया नेदरल्याण्ड्स