खेल

आइसीसी विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको टार्गेट

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३८२ रन बनाएको हो।

सुरुमा कमजोर सुरुआत गरेपनि क्वेन्टन डि कक र एडेन मार्करमले पारी सम्हालेपछि दक्षिण अफ्रिकाले ३८३ रनको विशाल योगफल बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि क्विन्टोन डि ककले सर्वाधिक १७४ रन बनाए भने हेनरिक क्लासेनले ९० रन जोडे। जबकी एडेन मार्करम ६० रन बनाएर आउट भएका थिए।

प्रकाशित: ७ कार्तिक २०८० १२:२९ मंगलबार

आइसीसी विश्वकप क्रिकेट दक्षिण अफ्रिका बङ्गलादेश