खेल

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाको दुई सय रन पूरा

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले दुई सय रन पूरा गरेको छ।  

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले ३६ ओभरको खेल सकिँदा २०६ रन बनाएको छ।

सुरुमा कमजोर सुरुआत गरेपनि क्वेन्टन डि कक र एडेन मार्करमले पारी सम्हालेपछि दक्षिण अफ्रिकाले २ सय रन बनाउन सकेको हो।

हालसम्मको अवस्थामा ३७ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा २०६ रन बनाएको छ।

दक्षिण अफ्रिकाका लागि डि कक १०२ र हेनरिक क्लासेन २३ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन्।  

प्रकाशित: ७ कार्तिक २०८० ११:१३ मंगलबार

आइसीसी विश्वकप क्रिकेट दक्षिण अफ्रिका